नमस्कार तपाइलाइ हाम्रो फर्ममा स्वागत छ ।

परिचय

कृषि प्रधान मुलुकमा कृषि कर्म नै सर्वोच्च हो भन्ने सोचका साथ परम्परागत कृषि पेशा अपनाइरहेकोमा व्यावसायिक कृषि पेशाबाट समृद्धि सम्भव छ भन्ने सोचसहित पञ्चपुरी नगरपालिका वडा नं. २ सुर्खेत स्थायी ठेगाना रहि घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सुर्खेत( हाल उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश सरकार अन्तर्गत रहेको) मा मिति २074/05/25 गतेका दिन  भारद्धाज कृषि तथा पशुपालन फर्म   नामक एकल प्राइभेट कृषि फर्म पञ्चपुरी न.पा.-02 बस्ने मोतिलाल कडेलको नाममा दर्ता रहेको छ ।

व्यावसायिक कृषि पेशा त्यसमा पनि विशेष गरि मसला बाली, मिश्रीत फलफूल खेती तथा बिभिन्न जातका पंक्षी (बिभिन्न जातका कुखुरा प्रजाती तथा टर्की समेत) पालन तथा रैथानै जातको कुखुराहरुको पालन/संरक्षण समेतलाई प्रमुख पेशाको रुपमा लिएको यो फर्म सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं. २ पलैटेमा अवस्थित रहेको छ ।


Twitter Delicious Facebook Youtube Stumbleupon Favorites