पहिलो हप्ता (१ देखि ७ दिन)
प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।
पानीको भाडो (चिक ड्रिङ्कर) को संख्या प्रति ४० चल्ला १ वटा भाडो हुनेगरी मिलाउने । गर्मीयाममा प्रति १०० चल्ला बराबर ३ वटा पानीको भाडो दिने, चल्लाले पिउने पानीमा इलेक्ट्रोलाईट मिसाउने । पानि पिउन सुरु गरेको २-३ घण्टा पछि मात्र दाना दिने । प्रि-स्टार्टर दाना दिने ।दानाको भाँडा (चिक फिडर) को संखा प्रति ४० चल्ला बराबर १ वटा भाडो हुनेगरी मिलाउने ।