नमस्कार तपाइलाइ हाम्रो फर्ममा स्वागत छ ।

दाना हाल्दै

कुखुराहरुलाइ दाना पानीको व्यवस्थापन गर्दै

कुखुराको बथान

हाम्रो फर्ममा उत्पादन भएका कुखुराहरुको बथान

कडकनाथ कुखुरा

कडकनाथ

कडकनाथ कुखुरा

कडकनाथ

कडकनाथ कुखुरा

कडकनाथ

Saturday, November 7, 2020

अर्गानिक बेसारको धुलो चाहिएमा सिधा सम्पर्क

 पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा शुद्ध तथा अर्गानिक धुलो बेसार उपलब्ध छ ।

होम डेलिभरीमा हामी तत्पर छौ ।

चुडामणी कडेल 98580525589 पञ्चपुरी तथा वीरेनद्रनगरको लागि सम्पर्क

मोतिलाल कडेल 9848235361 पञ्चपुरीको लागि सम्पर्क


Thursday, November 5, 2020

Thursday, October 8, 2020

बट्टाई पालनः एक जानकारी

नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ।
बट्टाइलाई कुखुराको जस्तो रोगहरू लाग्दैन। बट्टाई फेजियानिडी परिवार भित्र पर्छ, जसमा डाँफे, मुनाल, च्याखुरा, कालिज, पिउरा, तित्रा मात्र होइन, लुइँचे र कुखुरा पनि समावेश छन्। यी चरा जमिनमा नै चहार्ने स्थलचर प्रकृतिका हुन्छन्। आहारा खाँदा खुट्टाले खोस्रने र चुच्चोले टिप्ने साझा बानी हुन्छ। आफ्नो बचाउ गर्न तेजले दगुरेर झाडीभित्र लुक्ने चुलबुले स्वभावका हुन्छन्। बट्टाई हाम्रो मुठ्ठीभित्र टम्म अटाउने सानो चरा हो। गौँथली वा चिबे जस्तै आकाशमा धेरैबेर उडेर बस्न सक्तैन। एक बेग हानेपछि जमिनमा हवाईजहाज ओर्लिएझैं कुद्न थाल्छ। यो चरालाई आकाशभन्दा स्थल नै प्यारो लाग्छ।
भाले बट्टाई पोथीका लागि जुध्छ। यो दानाका लागि समेत जुध्ने गर्छ। 'मानिस लड्छ खानामा, बट्टाई लड्छ दानामा' भन्ने उखान नै छ। भाले-भालेको इर्ष्या, प्रतिस्पर्धा र जुधाइ बट्टाईको लडाइँमा पनि देख्न सकिन्छ। चराको छनोटमा बट्टाई बाजहरू कन्ठको त्यही कालो बुट्टा नियालेर आफ्नो निर्णय लिन्छन्।
नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्। तीमध्ये 'कमन क्वेल' बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ तर लडाउने सोख लोप भइसक्यो भन्दा हुन्छ। बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ। यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामाभन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ।
दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। त्यस्तै, सुगर र उच्च रक्तचाप पनि यसले घटाउने काम गर्छ। शरीरिक वृद्धि तथा स्मरण शक्ति बढाउन, रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न बट्टाईको अन्डा खानाले सहयोग गर्ने गर्छ।
वयस्क बट्टाई चराको तौल १२०-३०० ग्राम हुन्छ। यो चरा करिब ४५-६० दिनको उमेरमा वयस्क हुन्छ। बट्टाईको पोथी भालेभन्दा केही ठूलो हुन्छ। प्रायः पोथीले ६-७ हप्ताको उमेरमा अन्डा पार्न सुरु गर्छ। फूल बिहान पख पार्छ। एउटा पोथीले एक वर्षमा २५०-३०० वटासम्म फूल पार्छ। बट्टाईको फूल केही खैरो रङको, छिर्केमिर्के विभिन्न रङका हुन्छन्। एउटा फूल करिब १० ग्राम तौलको हुन्छ। चल्ला कोरल्नका लागि फूल उत्पादन गर्ने हो भने प्रतिभाले दस पोथीका दरले राख्नु पर्छ। फूलबाट १५ दिनमा बच्चा कोरल्छ। बट्टाई जंगली पक्षी भए पनि प्रविधिले कुखुराजस्तै पाल्न मिल्ने बनाइसक्यो। बट्टाईको चल्लालाई प्रतिगोटा १५० देखि २ सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिन्छ। मासु खान चाहनेका लागि एउटा बट्टाईको ४०० रुपैयाँ जाेडासम्म पर्छ।
किन खाने बट्टाईको अन्डा ?
साधारणतया: बट्टाइको अन्डा ९ देखि १० ग्राम हुने हुँदा यसमा १४ किलो क्यालोरी पाइन्छ। जसमा सोडियम, कोलेस्टेरोल, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ र आइरन पाइन्छ। बट्टाईको अन्डाको साइज जति सानो हुन्छ, त्यति नै धेरै पौस्टिक तत्व बोकेको हुन्छ। बट्टाईको अन्डा नियमित रुपमा खाँदा धेरै नै फाइदा पुग्छ। झन् बुढाबूढी र बालबच्चाका लागि त अमृतसरह नै मानिन्छ।
बट्टाईको अन्डाले मस्तिष्कको विकास गराउँछ। यसमा आइरन पर्याप्त हुने हुँदा रेड ब्लड सेल उत्पादन भई अनेमिया हुनबाट बच्चाउँछ र महिलाको लागि अति राम्रो मानिछ। शरीरमा रहेको रगत सफा गर्न मद्त पुर्यारउँछ। बट्टाईको अन्डामा पर्याप्त प्रोटिन हुने हुँदा शरीरिक विकासका लागि यो आवश्यक तत्व मानिन्छ। एक अध्ययनअनुसार बट्टाईको अन्डाले डाइबिटिजका बिरामीलाई पनि निकै फाइदा पुर्यालउँछ। स्वस्थ शरीरको स्किनका लागि पनि यो अति नै उपयोगी सावित छ। शरीरमा शक्ति उत्पादन गरी उत्साह जगाउन पनि उपयोगी छ। तन्दुरुस्त शरीरका लागि पनि बट्टाईको अन्डाले एक मसल बिल्डर रुपमा काम गरेको हुन्छ।
आँखाको भिजन र स्वास्थ्य कपालका लागि पनि राम्रो मानिन्छ। मुटुसम्बन्धी समस्या हुनेका लागि पनि बट्टाको अन्डा उपयोगी सिद्ध छ। हड्डीको विकास र कोलेस्टेरोल लेबलका लागि पनि राम्रो मानिएको छ। दाँतको समस्या हुने र डिप्रेसनका बिरामीका लागि पनि अमृत सरह मानिन्छ। अन्य अन्डा जस्तो बट्टाईको अन्डाले कुनै एलर्जी नहुने हुँदा जोकोहीले खान मिल्छ। यौनसम्बन्धी समस्या हुनेलाई अति उपयोगी र टिबी रोग लाग्नबाट जोगाउन मद्त गर्छ। अल्सर हुनेका लागि पनि अति नै राम्रो मानिछ बट्टाईको अन्डा।
शरीरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलब्लाडरलाई उपयोगी मानिनुका साथै यसले रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्छ। दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। व्यायाम गर्नेहरुको शारीरिक विकासका लागि अति नै उपयोगी हुन्छ। बाथ र दमका रोगीहरुलाई उपयोगी हुन्छ। बच्चाको पौष्टिक, बौद्धिक तथा शारीरिक र मानसिक विकासको लागि फलदायी हुन्छ। विभिन्न रोगको दबाइ गर्नुभन्दा नियमित रुपमा बट्टाईको अन्डा सेवन गर्नसक्यो भने चमत्कारी परिवर्तन ल्याउँछ।
बट्टाईको अन्डा कसरी खाने?
साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ।
बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।
बट्टाईको अन्डाको सलाद पनि विस्वभर निकै प्रसिद्ध छ। खानालाई सजाउन पनि बट्टाईको अन्डा अति उपयोगी मानिन्छ। पाँचतारे होटलहरुमा बट्टाईको अन्डाको विभिन्न परिकार मेनुमा समावेश गरिएको हुन्छ। स्वास्थ्यका हिसाबले निकै उपयोगी हुने हुँदा ग्राहकको माग ज्यादा हुने गर्छ।
बट्टाईको अन्डा उसिन्दा २ मिनेट मात्र पानी उमाल्नु राम्रो हुन्छ। अन्डा ताजा हो कि होइन भनेर चिन्न चिसो पानीमा डुबाउनुपर्छ। यदि डुबेमा ताजा र नडुबेमा बासी मानिन्छ। बट्टाईको अन्डा किन्दा ताजा छानेर मात्र किन्नुपर्छ र बहिरी सेललाई सफा गरेर मात्र फ्रिजमा सुरक्षित तबरले राख्नुपर्छ। फुटेको अन्डा कहिले पनि किन्नु हुँदैन्न। यदि अन्डालाई रुम तापक्रममा राख्ने हो भने लामो समय टिक्दैन, त्यसैले फ्रिजमा सुरक्षित मानिन्छ।
स्रोतः-अनलाइन


 

Sunday, October 4, 2020

कृषि बिकास निर्देशनालय कर्णाली प्रदेशबाट बिभिन्न मितिमा प्रकाशित सूचनाहरु














 

Tuesday, September 8, 2020

वोइलर कुखुरा पालन गर्ने विधि, प्रकृया र उचित समयबारे सम्पूर्ण जानकारी ।

पहिलो हप्ता (१ देखि ७ दिन)

प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।

पानीको भाडो (चिक ड्रिङ्कर) को संख्या प्रति ४० चल्ला १ वटा भाडो हुनेगरी मिलाउने । गर्मीयाममा प्रति १०० चल्ला बराबर ३ वटा पानीको भाडो दिने, चल्लाले पिउने पानीमा इलेक्ट्रोलाईट मिसाउने । पानि पिउन सुरु गरेको २-३ घण्टा पछि मात्र दाना दिने । प्रि-स्टार्टर दाना दिने ।दानाको भाँडा (चिक फिडर) को संखा प्रति ४० चल्ला बराबर १ वटा भाडो हुनेगरी मिलाउने ।

Monday, September 7, 2020

नेपालको कृषि प्रणाली

नेपालको कृषि प्रणालीमा पशुपंक्षीपालन व्यवसायको महत्व अनादिकालदेखि आजसम्म रहि आएको छ । पशुपालनव्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने पशु सेवा विभागको प्रमुख उदेश्य हो । बि.सं. १९९६ मा पहिलो पटक काठमाण्डौमा एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरीको स्थापना भयो र उक्त डिस्पेन्सरी बि.सं. १९९६ मा पशु चिकित्सालयमा परिणत भएको थियो । वि.सं. २०१४ साल सम्ममा १० जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना भयो । पशु स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएकोले भारत, FAO / OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा पर्‍याउन ३३ वटा अस्पताल, २१ डिस्पेन्सरी र १८ वटा चेकपोष्ट वि.सं. २०२१ सम्ममा स्थापना भए । यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । वि.सं. २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना गरी पाचौं पंचबर्षिय योजनादेखि पशु स्वास्थ्य, पशु आहारा, पशु प्रजनन् तथा पशुपालन व्यबस्थापन सेवालाई एकीकृत रुपमा कृषकहरुको घर दैलोमा पर्‍याउने उदेश्यले समन्वयात्मक पशु सेवा कार्यक्रम संचालन गरियो । बि.सं. २०२९ सालमा कृषिका सम्पुर्ण कार्यहरु समन्वयात्मक रुपमा लानको लागि पशु विकास तथा पशु स्वास्थ्य विभागलाई पुनः कृषि विभागमा गाभिएको थियो ।

पशुपालन ब्यबसायको बढ्दो माग पूरा गर्न पशु सेवामा आएको कमीलाई महशुस गरी बि.सं. २०३६ मा पुनः पशु विकास तथा पशु स्वास्थ्य विभाग (पछि पशु सेवा विभागको नाममा) पुनर्गठन गरियो । त्यसपछि क्रमिक रुपमा ७५ वटै जिल्लाहरुमा पशु सेवा कार्यलयहरु, ग्रामिणस्तरमा सेवा केन्द्रहरु, प्रयोगशाला तथा फार्महरुको सुदृणीकरण र केही नयां फार्महरु स्थापना भए । वि.सं. २०४९ सालमा पुनः कृषि क्षेत्रका सबै सेवात्मक निकायहरुलाई समेटी कृषि विकास विभागको गठन भयो । तत्पश्चात व्यबस्थापन पक्षमा जटिलता र सेवामा शिथिलता आएको महसुस गरी पुनः २०५२ साल श्रावण १ गते पशु सेवा विभागको गठन भयो ।

Twitter Delicious Facebook Youtube Stumbleupon Favorites